`

एनपीएल : दिउँसो जनकपुर र काठमाडौं, साँझ कर्णाली र विराटनगर भिड्ने

Nepal One HD १३ कार्तिक २०८३ ८:०९
खेलकुद

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् ।पहिलो खेल दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच हुनेछ । यस्तै, आजको दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौं पहिलो खेल खेलिरहेको हो।जनकपुर यसअघि कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।
विराटनगर र कर्णाली दोस्रो खेल खेल्दैछन्।

यसअघि विराटनगर चितवन राइनोसँग ८ रनले पराजित भएको थियो । कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो। विराटनगर पहिलो जितको खोजीमा हुँदा कर्णाली लगातार दोस्रो खेलमा विजयी हुन चाहन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *