स्पेनको रेल दुर्घटनाप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
प्रमुख खबर
काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले दुर्घटनामा परी बहुमूल्य जीवन गुमाएको खबरले नेपाल सरकारलाई दुःखी बनाएको जनाएको छ । मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।
मन्त्रालयले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ।नेपालले दुर्घटनाबाट प्रभावित स्पेन सरकार, स्पेनी जनता तथा सबै परिवारजनप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
