`

बालेन र रविको पाँच घण्टा लामो छलफल, अध्यादेशदेखि प्रहरी प्रमुखसम्मका विषयमा मन्थन

Nepal One HD १३ कार्तिक २०८३ ९:०७
बिशेष

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछानेको निवासमा पाँच घण्टाभन्दा बढी समयसम्म छलफल भएको छ। सरकारका आगामी कदम, प्रस्तावित अध्यादेश, सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरण तथा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा छलफल केन्द्रित भएको स्रोतले जनाएको छ।

लामो समयसम्म चलेको उक्त भेटलाई सरकारका आगामी नीतिगत तथा प्रशासनिक निर्णय र राजनीतिक घटनाक्रमका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्यदिशा, प्रशासनिक कामकारबाही तथा आगामी भारत भ्रमणको तयारीलगायत विषयमा समेत समीक्षा भएको बताइएको छ।

यद्यपि, बैठकमा उठाइएका विषय, छलफलको निष्कर्ष र सम्भावित निर्णयबारे प्रधानमन्त्री शाह तथा रास्वपा सभापति लामिछाने दुवै पक्षले औपचारिक जानकारी दिएका छैनन्। त्यसैले छलफलमा कुन विषयमा सहमति जुट्यो र कुन विषयमा थप निर्णय आवश्यक छ भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *