`

सांसद पनि कसरी भनौँ लाग्‍ने खगेन्द्र सुनार सुध्रिएको रास्वपाकाे निष्कर्ष ! (भिडियाे)

Nepal One HD १७ कार्तिक २०८३ १८:४२
प्रमुख खबर

काठमाडाैं । सांसद पनि कसरी भनौँ लाग्‍ने खगेन्द्र सुनार सुध्रिएको निष्कर्ष रास्वपाले निकालेको छ ।

एक जना महिला पूर्वराज्यमन्त्रीको रगत खाने भन्ने खगेन्द्र सुध्रिएको हुनाले उनलाई कारबाही रास्वपाले नगर्ने भएको छ ।

एक अडियोमा खगेन्द्रको निकै आपराधिक र हिंसात्मक बोली सुनिएको थियो । खगेन्द्रले सुरुमा एआईबाट बनाइएको अडियो भनेर पन्छिए । तर, अडियो सुन्‍ने जाे काेहीले पत्याएनन् ।

कतिसम्म भने रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्य र अर्का सांसद राजीव खत्रीसँगै ज्वाला संग्रौलाले अडियोमा सुनिएको स्वर खगेन्द्रकै भएको बताए ।

छानबिन समितिले पनि त्यही भन्यो । तर, खगेन्द्रले अस्वीकार गरिरहे ।

जनआस्थाले सार्वजनिक गरेको अडियो सुनिएपछि मानिसहरू सांसद कि अपराधिको बोली भनेर अलमलमा परेका थिए ।

पछि एक तस्बिर सार्वजनिक भयो, जहाँ खगेन्द्रले हानेर ती महिला राज्यमन्त्रीको मुख सुन्‍निएको देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *