कलाकार तथा निर्देशक अर्जुन गिरी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
समाचार
काठमाडौं । नेपाली कला क्षेत्रका स्थापित कलाकार, निर्माता तथा निर्देशक अर्जुन गिरी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत रूपमा चयन भएका छन्।
नेपाली कांग्रेसको सांगठनिक प्रक्रियाअन्तर्गत प्युठान जिल्लाबाट गिरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका हुन्। उनी पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा समूहमा सर्वसम्मत प्रतिनिधि बनेका हुन्।
लामो समयदेखि नेपाली चलचित्र तथा कला क्षेत्रमा सक्रिय गिरी राजनीति तथा सामाजिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहँदै आएका छन्। उनी हाल कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघका सह-महामन्त्री हुन्। यसका साथै उनी दशनामी साहित्य, कला तथा संस्कृति विभागको अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन्। गिरी कला, संस्कृति र पार्टी राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
