काठमाडौँ उपत्यकामा मासु जाँच ऐन कार्यान्वयन, परीक्षणपछि मात्रै मासुमा छाप
प्रमुख खबर
काठमाडौं -पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएको छ। ऐन कार्यान्वयनको पहिलो दिन करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासु परीक्षण गरी छाप लगाइएको विभागले जनाएको छ।
काठमाडौंको बालाजु, टोखा, भक्तपुरको मध्यपुर ठिमी र टेकुस्थित वधशाला तथा मासु पसलमा पशु चिकित्सकको निगरानीमा वधपूर्व र वधपश्चात् परीक्षण सुरु गरिएको हो।
विभागले अस्वस्थ पशुपन्छी तथा मासु हटाएर स्वस्थ मासुमा मात्रै छाप लगाउने व्यवस्था गरेको छ। साथै, मासुमा प्रयोग गरिने मसी खान योग्य (फुड ग्रेड) भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर नपर्ने विभागले स्पष्ट पारेको छ।
स्वच्छ तथा स्वस्थ मासु उपभोक्तासम्म पुर्याउने उद्देश्यले विभागले विभिन्न स्थानमा पशु चिकित्सकसहितका मासु निरीक्षक परिचालन गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
