`

सर्लाहीमा आगलागी हुँदा दुई तले घर जलेर नष्ट, ३ लाख २० हजारको क्षति

Nepal One HD ८ मंसिर २०८३ ७:०८
प्रमुख खबर

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१ स्थित हिरेडाँडामा आगलागी हुँदा रामबहादुर बलको दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

सोमबार दिउँसो भएको आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर, नगद तथा नागरिकता, पासपोर्टलगायत महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।

प्रहरीका अनुसार आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ। घरधनीको परिवार खेतमा काम गर्न गएकाले घरमा कोही थिएनन्। घटनामा मानवीय तथा चौपाया क्षति भएको छैन।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *