दशौं राष्ट्रिय खेलकुद : आज महिला क्रिकेटदेखि पौडीसम्म, हेर्नुहोस् पूरा खेलतालिका
खेलकुद
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ। पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुनेछन्।
पुरुष फुटबल र महिला क्रिकेटमा दुई-दुई खेल हुनेछन् भने बास्केटबलमा फुल कोर्ट र थ्री एक्स थ्री विधाका प्रतिस्पर्धा हुनेछन्। टेनिसतर्फ महिला एकल, पुरुष युगल र मिश्रित युगलका १५ खेल तथा पौडीतर्फ ११ विधामा प्रतिस्पर्धा हुनेछ।
कर्णाली प्रदेशमा जारी प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि प्रतिस्पर्धात्मक खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका हुन्

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
