`

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

Nepal One HD ९ मंसिर २०८३ २१:००
राजनीति

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्ताका अवसरमा उहाँहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *