विद्युत चुहावट घटेर १२.१६ प्रतिशतमा झर्यो, सरकारको लक्ष्य पूरा
प्रमुख खबर
काठमाडौँ । सरकारले विद्युत चुहावट नियन्त्रणमा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा झरेको हो।
सरकारले यस वर्ष विद्युत चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो। ऊर्जा मन्त्रालयले विद्युत नेटवर्क स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक व्यवस्थापनमा सुधार गर्दै चुहावट नियन्त्रणलाई तीव्रता दिएको जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले प्राविधिक जनशक्तिको परिचालन र व्यवस्थापकीय सुधारका कारण चुहावट घटाउन सफलता मिलेको बताएका छन्। दक्षिण एसियामा विद्युत चुहावटको औसत १३.८ प्रतिशत रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
