सुनको मूल्यमा एकैदिन ६ हजार ५ सय रुपैयाँको गिरावट
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ । मंगलबार बढेको सुनको भाउ बुधबार भने ठूलो अन्तरले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअनुसार एक दिनमै सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । मंगलबार भने सुनको भाउ ५ सय रुपैयाँले बढेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य एक दिनमा प्रतितोला १ सय ५ रुपैयाँ घटेको हो । यससँगै बुधबार नेपाली बजारमा सुन र चाँदी दुवै सस्तो भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
