दानबहादुर कार्कीको रिटमा बहस सकियो
भिडियो
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा रिटमाथि दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका हुन्।
कार्कीले आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको दाबी गर्दै सरकारको निर्णय बदर गर्न तथा कार्यान्वयन रोक्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
