`

दशौँ राष्ट्रिय खेलकुदमा महिला क्रिकेटमा बागमती विजयी

Nepal One HD ९ मंसिर २०८३ १८:३०
खेलकुद

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको छ।

मंगलबार सुर्खेतमा भएको खेलमा सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य बागमतीले १८ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो। बागमतीका लागि हेलिषा गुरुङले अविजित ५५ रन बनाइन्। उनी प्लेयर अफ दी म्याच घोषित भइन्।

यस्तै, महिला बास्केटबलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। पुलिसले आयोजक कर्णालीलाई ५२–२९ तथा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ अङ्कले पराजित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *