साउदीको जिजानस्थित तेल प्रशोधन केन्द्रमा हमला, एक नेपाली श्रमिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयद्वारा पुष्टि
प्रमुख खबर
साउदी अरबको जिजानस्थित तेल प्रशोधन केन्द्रमा भएको हवाई हमलामा एक नेपाली श्रमिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ।
नेपालले घटनाप्रति दुःख व्यक्त गर्दै द्वन्द्व समाधानका लागि संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न सबै पक्षलाई आग्रह गरेको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
