बालेनको मौनतामाथि प्रश्न उठाउँदै योगेश भट्टराईले मागे जेनजी आन्दोलनको न्यायिक छानबिन
प्रमुख खबर
नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनतालाई जासुसी उपन्यासको पात्रजस्तै अदृश्य रहेको टिप्पणी गरेका छन्।शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री शाह कसैसँग संवाद र अन्तर्क्रिया नगर्ने शैलीप्रति टिप्पणी गरेका हुन्।
उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेनको मौनता मुख्य प्रतिद्वन्द्वीका रूपमा देखिएको बताए।
त्यस्तै, भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे।आगामी स्थानीय निर्वाचनमा पार्टी सदस्यको विवेक र स्थानीय तहको सिफारिसका आधारमा उम्मेदवार चयन गर्नुपर्ने उनको धारणा थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
