स्वास्थ्य समस्या र बाल मृत्युदर बढेपछि राउटे समुदाय संकटमा

NepalOne २८ पुष २०७९ १५:४५
जीवनशैली/स्वास्थ्य

दैलेख । कर्णाली प्रदेशको सल्यान, दैलेख, सुर्खेत र जाजरकोट लगायतका जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदायमा पछिल्लो समयमा बाल मृत्युदर बढदै गएको छ । लोपमुख यो जातिमा बाल मृत्युदर ५० प्रतिशतले बढ्दै गएको हो ।

जाडोमा आगो तापेर जिवन निर्वाह गर्ने यो समुदायको स्यास्थ पहुँच पनि छैन । जडिबुटिमा नै विश्वास गर्ने यो समुदाय विरामी परे पनि अस्पताल जादैन्न । जसका कारण गर्ववति बालबालिका सुत्केरी महिला बढि जोखिममा छन् । आफूलाई ‘जङ्गलको राजा’ भनेर चिनाउन गर्व गर्दै घुमन्ते जीवन बिताउने ४२ घरधुरीका १ सय ४३ जना बसोबास गर्दछन् । २०७५ श्रावनदेखि यता ३ जना शिशुको र युवा तथा वृद्ध गरि २० जनाको मृत्यु भएको तथ्याङ्क छ । गएको चार वर्ष यता उनिहरुको समुदायमा वृद्धि हुन सकेको छैन् ।

अव्यवस्थित बसाई तथा पोषिलो खानपिनको अभावमा राउटे समुदायमा बाल मृत्युदर लगायतका स्वास्थ्यमा समस्या देखिन थालेको छ । भर्खरै जन्मिएको शिशुलाई समेत दिनभर बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेको देखिन्छ । समुदायमा कसैको मृत्यु भएमा राउटेहरू बसाई सर्ने गर्दछन् ।

एकठाउँबाट अर्को ठाउँमा बासस्थान परिवर्तन गर्दा खानपान, भौगोलिक बनावट, स्वच्छ पिउने पानी, सफा तथा पोषिलो खानेकुराको अभाव आदिले राउटे समुदायमा स्वास्थ्य समस्या बढ्दै गएको राउटेको क्षेत्रमा कार्यरत  दैलेखका लाल बहादुर खत्रीले जानकारी दिए ।


प्रतिक्रिया