`

दनुवारलाई प्रदेश १ को उपसभामुख उम्मेदवार बनाइने

Nepal One HD २९ पुष २०७९ १२:४२
राजनीति

विराटनगर – नेकपा एमालेले प्रदेश १ को उपसभामुखमा सिर्जना दनुवार उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित दनुवारलाई ३० पुसमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने तय भएको हो । प्रदेश १ को सभामुखमा भने नेकपा माओवादी केन्द्रका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया