नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर छु : मन्त्री सुदन किराँती

राजनीति

काठमाडौँ / नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका कमीकमजोरीलाई सुधार गर्न छलफल गर्ने बताउनुभएको हो । उहाँले एक महिनाको पारिश्रमिक परोपकारको काममा लगाउने निर्णय गर्दै खादा माला नलगाउने निर्णय पनि गर्नुभयो ।
मन्त्री किराँतीले मन्त्रालयमा भएका विकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने समेत स्पष्ट पार्नुभयो । मुलुकको पर्यटन क्षेत्रलाई अघि बढाउनका लागि आवश्यक पूर्वाधारका साथ नीति नियम बनाउनमा ध्यान केन्द्रित गर्ने उहाँको भनाइ छ ।
किराँती नेकपा माओवादी केन्द्रबाट मन्त्री बन्नुभएको हो
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट