`

नवनियुक्त परराष्ट्रमन्त्री पौड्यालले गरिन् पदभार ग्रहण – मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउछु

Nepal One HD ३ माघ २०७९ १५:४१
राजनीति

काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले पदभार ग्रहण गरेकी छिन् । मंगलबार शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेकी उनले केही महत्वपूर्ण निर्णयहरु गरेकी छिन् । उनले जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताइन्।

उनले भनिन् “मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो ।” नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम गर्ने र आफ्नो राष्ट्रिय स्वार्थमा सम्झौता नगरी कसरी बढी लाभ लिन सकिन्छ भनेर द्विपक्षीय सम्बन्ध सृदृढ बनाउने विषय पनि प्राथमिकतामा रहेको उनले बताइन् ।

उनले विदेशमा रहेका नेपाली नियोगमा नेपालीलाई सहज पहुँच बनाई कुनैपनि व्यक्ति दूतावास जाँदा घरमा आएको अनुभव हुने गरी पहुँच र सहजता प्रदान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै उनले सीमा विवाद समाधानसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उनले सबैसँग अध्ययन र छलफल गरेर सो विषयमा अघि बढ्नेबताइन् ।


प्रतिक्रिया