सर्वदलीय बैठकमा सम्पूर्ण राजनीतिक विषयमा पनि सहमति र सहकार्य जारी राख्ने सहमति


काठमाडौं – मंगलबार साझँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको उक्त बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएaको छ ।
बैठकमा आफूलाई विश्वासको मत दिने सबैदललाई धन्यवाद दिदै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक विषयमा पनि सहमति र सहकार्य भइरहने बताए । उनको भनाइप्रति राजनीतिक दलका नेताहरूले पनि सहमति जनाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकपछि जानकारी दिइन् ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गरेको र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताए । सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मन्त्रिपरिषद्ले पूर्णताः पाएको बताएको मन्त्री शर्माले बताइन् ।
बैठकमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेकपा ९एकीकृत समाजवादी०लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूको सहभागीता रहेको थियो ।