मंगलबार गएको भूकम्पबाट बाजुरामा चार सय घरमा क्षति, ४२ परिवार विस्थापित

बाजुरा । बाजुरामा मंगलबार गएको भूकम्पबाट हालसम्म तीन पालिकाका ४२ परिवार पूर्णरूपमा विस्थापित भएक छन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका हुन् ।

बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन् । भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् ।

भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणानुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ ।

 

Reporter