`

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट

Nepal One HD १५ माघ २०७९ ११:५३
राजनीति

काठमाडौँ – उपप्रधानमन्त्री  एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता  गर्नुभएको छ ।

सिंहदरबारस्थित उपप्रधानमन्त्री श्रेष्ठकै कार्यकक्षमा नेपालका लागि चीनका राजदूत सोङ्गले शिष्टाचार भेटघाट गर्नुभएको हो ।

भेटका क्रममा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।


प्रतिक्रिया