`

राष्ट्रिय युवा संघ नेपाल वाग्मतीले मातहतका कमिटीको अधिवेशन फागुन भित्र सक्ने

Nepal One HD १५ माघ २०७९ १२:३७
राजनीति

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपाल वाग्मती प्रदेश कमिटीले मातहतका कमिटीको अधिवेशन फागुन मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ ।

प्रथम विस्तारित बैठकले सो निर्णय गर।ेको हो । संघको पदाधिकारी बैठकले गरेको निर्णय र सर्कुलर बमोजिम मातहत कमिटीको अधिवेशन फागुन मसान्तभित्र गरिसक्ने निर्णय बैठकले गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले जानकारी दिनुभयो ।

बैठकले ‘केपी ओली गोल्ड कप फुटबल प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । त्यस्तै कमिटीका सदस्यको लेवी निर्धारण गर्ने र संघको नवौँ महाधिवेशन केन्द्रित विशेष रचनात्मक गतिविधि गर्ने निर्णय बैठकले गरेको केसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया