`

पोखरामा एक युवकले आत्मदहको प्रयास गरे

Nepal One HD १५ माघ २०७९ १३:४१
प्रमुख खबर

काठमाडौँ – पोखरामा एक युवकले आत्मदहको प्रयास गरेका छन् ।

पोखरा महानगरपालिका–१३ काहुँखोला बस्दै आएका एकजना युवकले आइतबार आत्मदाहको प्रयास गरेका हुन् । युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया