`

रवि लामिछानेले पाए नागरिकता

Nepal One HD १५ माघ २०७९ १३:५३
प्रमुख खबर

काठमाडाैँ – रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएकाे छ ।  आइतबार जिल्ला प्रशासन कार्यालय बबरमहलमा पुगेर लामिछानेले नेपाली नागरिकताकाे प्रमाणपत्र लिनुभएकाे हाे ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उहाँले नेपाली नागरिकता पाउनुभएकाे हाे ।

यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिनुभएका उहाँले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुभएकाे थिएन ।

उहाँविरुद्ध नेपाली नागरिकता नलिएकाे भन्दै सर्वाेच्च अदालतमा मुद्धा दायर भएकाे थियाे । उहाँले गत सम्पन्न आम निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट चुनाव जितेर उपप्रधानसहित गृहमन्त्री बन्नुभएको थियो ।

तर,सर्बोच्चले अन्तरिम आदेश जारी गर्दै उहाँ नेपाली नागरिक नभएको ठहर गरेको थियो ।  लामिछानेको नागरिकताकाे प्रमाणपत्र प्रिन्ट भईरहेकाे एक अधिकारीले जानकारी दिनुभयाे ।


प्रतिक्रिया