`

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

Nepal One HD १५ माघ २०७९ १६:५२
प्रमुख खबर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न  अध्यक्ष ओली बालुवाटार पुग्नुभएकाे हाे ।  प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी छ ।

रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृहमन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति-उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।

रास्वपाले गृहमन्त्रालयको दाबी आफूले नछाड्ने बताइरहेको छ भने गृह रास्वपालाई दिन गठबन्धनमा सहमति भने भइसकेको छैन । गठबन्धनको प्रमुख घटक माओवादी गृह रास्वपालाई दिन नहुने पक्षमा उभिएको छ । तर अध्यक्ष ओलीले रविलाई नै पुनर्वाहली गर्नुपर्ने अडान राख्नुभएकाे बालकाेट स्त्राेतले बतायाे ।


प्रतिक्रिया