गृहमन्त्रीमा रवि लामिछानेलाई तत्काल पुनर्वाहली गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालको दबाब


काठमाडौँ – रवि लामिछानेलाई तत्काल गृहमन्त्रीमा पुनर्वाहली गर्न एमालले दबाब दिएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्रीसहित गृहमन्त्री पद गुमाउनुभएका लामिछानेलाई तत्काल पुनर्वाहली गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभएको हाे ।
प्रधानमन्त्री प्रचण्डलाई फोन नै गरेर अध्यक्ष ओलीले तत्काल पुनर्वाहली गर्न आग्रह गर्नुभएको बालकोट उच्च स्त्रोतले जनायो ।
एमाले महासचिव पोखरेलले त सार्वजनिक रुपमै रवि लामिछानेलाई फसाउने षड्यन्त्र रहेको अभिव्यत्ति दिनुभएको छ ।
उहाँले अदालतको फैसलामाथि प्रश्न उठाउँदै पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको बताउनुभएको छ । तर,प्रधानमन्त्री प्रचण्डले भने रवि लामिछानेलाई पुनर्वाहली गर्न नचाहेको प्रधानमन्त्री निकट स्त्रोतले बतायो । माओवादीले रविलाई गृहमन्त्री नबनाए आफै गृहमन्त्री लिने तयारी गरेको उच्च स्त्राेतकाे दाबी छ ।