`

बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ

Nepal One HD १५ माघ २०७९ १९:५०
समाचार

बैतडी – बैतडीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दशरथ नगरपालिका-८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

लागूऔषध चरेश २ सय ८० ग्रामसहित थापालाई प्रहरी प्रक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया