`

सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Nepal One HD १६ माघ २०७९ ११:१५
अर्थ समाचार

काठमाडौं । सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । आइतबार १ लाख ६ हजारमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ३ सयले बढेर १ लाख ६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ८ सय छ । । यसको मूल्य अघिल्लो दिन रु १ लाख ५ हजार ५ सय रुपैयाँमा थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु १ हजार ३ सय ६५ कायम रहेकोे महासङ्घले जनाएको छ ।


प्रतिक्रिया