`

प्रधानमन्त्री दाहाल र अमेरिकी उप-विदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

Nepal One HD १६ माघ २०७९ १२:१५
राजनीति

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा  नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

विदेशमन्त्री नुल्यान्डले आजै एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका नेता तथा उच्चपदस्थ सरकारी अधिकारीसँग  भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया