`

एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

Nepal One HD १६ माघ २०७९ १३:०५
राजनीति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डबीच भेटवार्ता भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

न्युल्याण्डले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेकी थिइन् । दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

विदेशमन्त्री नुल्यान्डले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री विमला राई पौड्याल लगायतका नेता तथा उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया