`

“राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो” : महासचिव पोखरेल

Nepal One HD १६ माघ २०७९ १३:१४
राजनीति

मोरङ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको बताउनु भयो ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भयो । उहाँले सरकार सञ्चालन गर्न पनि सात राजनीतिक दलको साझा नीति र कार्यक्रमबाट हुने बताउनुभएको छ ।

“राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भन्नुभयो । केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने बताउनुभयो ।


प्रतिक्रिया