कहिले सकिन्छ माओवादीको स्थायी कमिटी बैठक ?

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ । आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे अर्को पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही समय ढिलोगरी सुरु भएको थियो । बैठकमा राष्ट्रपति,गृहमन्त्री र भोली बस्ने स्थायी कमिटी बैठको एजेण्डाबारे छलफल भएको बताइएको छ ।
रवि लामिछाने नागिकता विवादामा मुछिएपछि उनको सांसद,उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमेको छ। उनी गृहमन्त्रीबाट बाहिरिएपछि माओवादीले गृहमन्त्रालय आफैसँग राखेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट