`

माओवादी केन्द्रको स्थायी समिति आज पनि, बिभागहरुले पुर्णता पाउने

Nepal One HD १८ माघ २०७९ ७:१६
प्रमुख खबर

काठमाडौं – सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज पनि जारी रहने भएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकवाट ‘सहमतिको आधारमा राष्ट्रपति चयन तथा सर्वोच्च अदालतका पुर्ण पाठ नपाएसम्म रवि लामिछानेलाई पुनः गृहमन्त्री दिन नहुने’ म्यान्डेट पाईरहेको बेला सो बैठक बस्न लागेको हो ।

माओवादीको जारी बैठकले संगठन सुदृढीकरणमा तीन महिने अभियान चलाउने तथा ३० भन्दा बढी बिभागलाई पुर्णता दिने बारेमा बुधवार देखी छलफल हुने बुझिएको छ । सोही अनुसार स्थायी समिति सदस्य र पोलिटब्युरो सदस्यलाई बिभिन्न बिभागको जिम्मेवारी दिईदैछ ।


प्रतिक्रिया