`

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

Nepal One HD १८ माघ २०७९ ९:०८
प्रमुख खबर

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभा आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउनुहुने छ ।

त्यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली,  बमोजिम गराउनुहुने  सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्को महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया