`

मोहम्मद अफताब आलमले कारागारभित्रबाटै बिचौलिया शासन चलाएको आरोप

Nepal One HD १८ माघ २०७९ १४:२५
प्रमुख खबर

काठमाडौं । रौतहट २ बाट निर्वाचित सांसद किरण कुमार साहले जेलमा बिचौलियाहरूको प्रवेश र जेलबाटै हुने आपराधिक गतिविधिहरू नियन्त्रण हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै सांसद साहले जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमले जेलभित्रबाटै बिचौलिया शासन चलाएको भन्दै कारबाहीको माग गरेका हुन् ।

सांसद साहले अफताब आलमले रौतहट कारागारभित्रबाटै बिचौलियामार्फत लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारले साना किसानले दिने बाचा गरेको क्षतिपूर्ति उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराएका छन् । सयौँ किसानहरु कृषि मन्त्रालयमा धाएर रोइ कराई गरिरहेका भन्दै अझै पनि सरकारले किसानलाई झुलाउने काम गरिरहेकोे आरोप लगाएका छन् । बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानहरुका कुखुरा बर्डफ्लुको कारण देखाँदै नष्ट गरिएका तर सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड अझैसम्म नदिएको उनले बताएक छन् ।


प्रतिक्रिया