‘मन्त्री बनेर धार्मिक राजनीति नगर्नुस्’ : सांसद रघुजी


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले धर्मलाई राजनीतिकरण गर्ने कार्य मन्त्री बनेकाहरूबाट हुनु दुःखद भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले राप्रपाका सांसदहरूले आफ्नो विचार राख्न सक्ने तर मन्त्रीले धार्मिक राजनीति गर्न नमिल्ने तर्क गरे । सहरी विकासमन्त्री एवं राप्रपाका सांसद विक्रम पाण्डेले ‘संघीयता, धर्मनिरपेक्षता र अहिलेको कानुन नमान्ने’ भनी दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाए ।
‘धर्मलाई आफ्नो जीवनशैलीमा ढालौँ । राजनीतिक एजेन्डा बनायो भने न पाकिस्तान, बंगलादेश र भारत शान्त छ, मन्त्री भएर राय बनाउन थाल्दा कुन बाटोमा जान्छ भन्ने हो । राप्रपाको आफ्नो विचार होला, सांसदले बोल्लान्, तर मन्त्री भएर बर्खिलापमा बोल्न मिल्दैन,” उनले भने, “राष्ट्रियसभामा प्रधानमन्त्री बोल्ने अनि त्यसको भोलिपल्ट संविधानको आधारभूत मान्यताविरुद्ध मन्त्री नै जाने रु यो संविधान र कानुनको अधिनमा रहेर मन्त्रीहरूले गतिविधि अघि बढाउनुपर्दछ । संविधानको प्रस्तावनामै लेखिएको छ ।’
उनले सार्वजनिक विषयमा मन्त्रीहरूबीच विवाद हुनु राम्रो नभएको भन्दै फरक मत राख्ने भए मन्त्रिपरिषद् बैठकमा राख्न अनुरोध गरे ।