बेलायतका राजदूत निकोलाको अध्यक्ष ओलीसँग भेट

राजनीति

काठमाडौँ / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट