सांसद यादवको माग : ‘संविधानविरुद्ध बोल्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ’
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका सांसद राजकिशोर यादवले केही समयदेखि नेपालको राजनीतिकबारेमा सोच्न र बोल्न लाञ्जास बोध भएको बताएका छन् । सदनको अगाडी गरी खाऊ भनी आत्मदाह गरेका प्रेम आर्चायक बारेमा कसैले कुरा उठान नगरेको प्रति आपत्ति जनाउदै यस्तो बताएका हुन् । रामदेव मणि जस्ता व्यक्तिको बारेमा कुरा गर्ने जनप्रतिनिधिसँग संवेदनशिल नभएको यादवको भनाई थियो ।
उनले संविधान नमान्ने मन्त्रीलाई कारबाही गर्न माग गरेका छन् । जनता समाजवादी पार्टी जसपाका सांसद राजकिशोर यादवले उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने राष्ट्रियसभामा बताएको स्मरण गर्दै त्यसको जवाफ के आयो भनी प्रश्न गरे ।
उनले भने, ‘उनले संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी दिए । संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । संविधान मूलमर्म हो । संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वादले आएको होइन ।’
