जाजरकोटमा भिरबाट लडेर एकजनाको मृत्यु
समाचार
सुर्खेत, १८ माघ । जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
