सांसदलाई जनउत्तरदायी बनाउनुपर्छ : सभामुख घिमिरे

राजनीति

काठमाडौँ – सभामुख देवराज घिमिरेले सांसदलाई जनउत्तरदायी बनाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा प्रतिनिधिसभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया र अभ्यास विषयक अभिमुखीकरण कार्यक्रममा सभामुख घिमिरेले संसद् र सांसदहरूको भूमिका प्रभावकारी, जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभएको हो ।
नागरिकले संसद्का गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट प्रभावकारी काम खोजिरहेको भन्दै उहाँले छोटो समयमा नै संसदीय गतिविधिले नेपालमा शिक्षा दिने किसिमको भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सबै मिलेर सांसदका सबै अधिवेशनहरूलाई व्यवस्थित गर्नुपर्ने र सांसदहरूले पनि यसमा झन् बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
सङ्घीय संसद् सचिवालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम शुक्रबारसम्म चल्ने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट