`

कांग्रेसले बोलायो शनिवार विपक्षी मोर्चाको बैठक

Nepal One HD २० माघ २०७९ १२:४५
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसले शनिवार दिउँसो सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा नेतृत्वको विपक्षी मोर्चाको बैठक बोलाएको छ । राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार चयन र लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे छलफल गर्ने बैठक बोलाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार बैठकमा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ । बिहीबार बसेको कांग्रेस संसदीय कार्यसमितिको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा विपक्षी मोर्चाबीच छलफल भएर उम्मेदवारी टुंगो लगाउने निर्णय गरेको थियो ।

माघ २२ गते राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवार दर्ता गर्ने निर्वाचन कार्यपालिका छ भने २३ गते मध्यान्ह १२ बजे निर्वाचन हुनेछ ।


प्रतिक्रिया