`

फेरि सर्‍यो माओवादी स्थायी समिति बैठक

Nepal One HD २० माघ २०७९ १३:२६
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रको शुक्रबार दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक फेरि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्थताका कारणले आज बस्ने भनिएको बैठक भोलि दिउँसो १ बजेसम्मलाई सारेको हो ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । १२ माघदेखि सुरु भएको स्थायी समिति बैठक पटक–पटक बस्दै, सर्दै आएको छ । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजन सम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाइएको थियो ।

त्यसमा सहमति जुटाउन सोमबार पदाधिकारी बैठक बोलाइएको थियो। पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि मंगलबार बोलाइएको स्थायी समिति बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो। बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा भने कुनै छलफल नभएको उपाध्यक्ष महराले बताए ।


प्रतिक्रिया