`

माओवादीको दैलो अगाडी दुर्गा प्रसाईको केन्द्रीय कार्यालय

Nepal One HD २१ माघ २०७९ ९:५२
प्रमुख खबर

काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियानले आज काठमाडौँमा केन्द्रीय कार्यालय स्थापना गरेको छ ।

अभियानका संयोजक दुर्गा प्रसाईँका अनुसार आज शनिवारबाट काठमाडौँको पेरिसडाँडामा अभियानको कार्यालय स्थापना गरिएको हो ।

अभियानको कार्यालय वैदिक सनातन धर्म अनुसार गरिएको संयोजक प्रसाईँले जानकारी दिनुभयो । प्रसाईँले यही फागुन १ गतेबाट राष्ट्रव्यापी जागरण अभियान सुरु गर्दै हुनुहुन्छ ।

सङ्घीयता खारेजी, वैदिक सनातनसहितको हिन्दु राज्यको स्थापना र बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै प्रसाईँको महाअभियान सुरु हुँदैछ ।

प्रसाईँको नेतृत्वमा फागुन १ गते झापाको मेची पुलबाट दियो बालेर अभियान सुरु हुनै लाग्दा यता केन्द्रीय राजधानीमा समेत कार्यालय राख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

माओवादीको जनयुद्ध दिवसलाई काउन्टर दिने गरी अभियान सुरु गर्नुभएका प्रसाईँले आफ्नो अभियानको केन्द्रीय कार्यालय पनि पेरिस डाँडामै रोज्नुलाई थप महत्त्वका साथ हेरिएको छ ।


प्रतिक्रिया