`

माओवादी स्थायी कमिटी बैठक सुरु, यस्ता छन् बैठकको एजेण्डा !

Nepal One HD २१ माघ २०७९ १४:५८
राजनीति

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबार दिउँसो बैठक पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि बस्ने भनिएको बैठक पार्टी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को व्यस्तताको कारण देखाउँदै स्थगित गरिएको थियो। बिहीबार बैठक सुरु हुनेबित्तिकै स्थगित भएको थियो। त्यसपछि शुक्रबार अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।


प्रतिक्रिया