रास्वपाले गर्यो प्रतिनिधिसभा बैठक अघोषित बहिष्कार

प्रमुख खबर

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेको छ । शनिबार राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमामा भएको सहमति अनुसार बैठक अघोषित बहिष्कार गरेको हो ।
१ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित भएका छैनन् । त्यसैबमोजिम समय जुध्ने गरी पार्टीको बैठक डाकिएको छ । अहिले रास्वपाका सबै १९ जना सांसद पार्टी बैठकमा सहभागी छन् ।
प्रतिनिधिसभा बैठक अहिले जारी रहेको छ । रास्वपा सभापति लामिछानेले साढे १ बजे पत्रकार सम्मेलन गर्ने भनेकोमा पार्टीको बैठक सकिएको छैन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट