बाह्र महिना काठमाडौं उपत्यकामा खानेपानी उपलब्ध गराउन प्रकाशमान सिंहको माग


काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा १२ महिना खानेपानी उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आइतबारको संसद् बैठकमा उनले दशवर्ष पछि सञ्चालनमा आएको मेलम्ची खानेपानी वर्षाको समयमा बन्द हुने र वर्षा सकिएपछि पानी वितरण हुने समस्याको अन्त्य गरी नियमितरुपमा पानी सञ्चालन गर्ने माग गरेका हुन् ।
उनले मेलम्ची प्रोजेक्टमा काम गर्ने कर्मचारीहरूको श्रावण महिना देखि तलब नपाएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
त्यस्तै अर्का प्रतिनिधिसभा सदस्य बलराम अधिकारीले छाडा गाई गोरुले हजारौँ बिघा खेती नष्ट गरेको भन्दै समस्या समाधानको माग गरेका छन् । उनले सिँचाइ र मल खादले अप्ठ्यारोमा परिरहेका बेला भारतबाट आएका छाडा गाई गोरुले खेतीमा नोक्सान पुर्याएको बताए । उनले त्यसको उजुरी गर्ने ठाउँ नभएकाले क्षतिपूर्ति पाउने अवस्था नरहेको गुनासो गरे ।