`

अध्यक्ष ओलीको प्रश्न : ‘सर्वोच्चको फैसलाले रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’

Nepal One HD २२ माघ २०७९ १५:४९
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने बिरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको बताएका छन् । प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले लामिछानेको सांसद पद खारेज गर्ने अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएउदै यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै उनले भने, ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’ ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ? ’

सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए । उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए ।


प्रतिक्रिया