रास्वपाले गर्यो सरकारबाट बाहिरिने निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारबाट बाहिरिने कठोर निर्णय लिएको हो ।
लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक नभएपश्तचात गृहमन्त्री नपाउँदा पार्टीले आफ्नो निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन भने कायमै राख्ने एक केन्द्रीय सदस्यले जानकारी दिए । सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले दिएसँगै पार्टीले आफ्नो निर्णय लिइएको छ ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । आजको निर्णयले रास्वपाको सत्तायात्रा अल्पायूमै टुंगिएको छ ।