रास्वपाले सरकारलाई दिएको समर्थन कायमै, मन्त्रीहरुले आजै राजीनामा बुझाउने


काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरु सरकारलाई दिएको समर्थन कायमै राख्दै सरकारबाट फिर्ता भएको बताएका छन् ।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको पत्रकार सम्मेलन गरि सो कुरा बताएका हुन् । सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिएका छन् ।
सो पार्टीका सभापति रवि लामिछानेले भने, ‘मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गरको छ ।’ जे भएको छ र देखाइएको छ आकाश जमिनको फरक छ । हामीले एक एक मतको हिसाब राखेका छौँ ।’ उनले भएको र देखाएको विषय आकाश जमिनको फरक रहेको बताए ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।